आईसीसी टी २० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हरायो

काठमाण्डाै । आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ ।भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विकेट नगुमाई भेट्टायो। उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरे।रिजवानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा नटआउट ७९ रन बनाउँदा बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित अविजित ६८ रनको योगदान दिए।यो पाकिस्तानको ऐतिहासिक जित हो। टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई हराएको हो। यसअघि, भारतले पाकिस्तानसँग खेलेका सबै पाँच खेल जितेको थियो।यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायाे । भारतका लागि कप्तान विराट काेहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, राेहित शर्मा र काेहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए ।
याे जितसँगै टी-२० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।
कमेन्ट गर्नुहोस !