आईपीएल क्रिकेटमा मुम्बईले चेन्नईलाई चार विकेटले हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। दिल्लीमा गएराति भएको खेलमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।यो जितपछि मुम्बई इण्डियन्सले आफ्नो ७ खेलमा चौथो जित हासिल गरेको छ र मुम्बई अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै चेन्नईको भने ७ खेलमा ५ जित र दोस्रो हारसहित शिर्ष स्थानमा कायम रहेको छ।मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close