आईपीएल क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै २ सय १३ बनाएको हो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो ।
यो जितसँगै लखनउ ८ खेलमा ५ जित र ३ हारका साथ १० अङ्कसहित चौथो स्थानमा उक्लेको छ । समान खेलमा ४ मा जित र ४ मा हार व्यहोरेको चेन्नई ८ अङ्कका साथ पाँचौँ स्थानमा छ ।आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दिल्लीमा हुने शुरु हुनेछ ।
कमेन्ट गर्नुहोस !