एसिया कप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित

काठमाडौं । पाकिस्तानले एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रतिद्वन्द्वी भारतलाई हराएको छ ।सुपर फोर अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको हो । १८२ रनको लक्ष्य पाकिस्तानले खेल सकिन १ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।
कमेन्ट गर्नुहोस !