एसिया कप क्रिकेटमा भारतसँग नेपाल पराजित

काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो ।
भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।
कमेन्ट गर्नुहोस !