साफ महिला च्याम्पियनसिपमा श्रीलंका पराजित ,नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं। काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।आज (सोमबार) दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ ० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।
नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै, कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । यो जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको हो ।
कमेन्ट गर्नुहोस !