टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाण्डौं ।घरेलु टिम बंगलादेशले पहिलो टी(ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराएको छ। ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । यस अघि बंगलादेशले टी(ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन।बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो। अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए।
कमेन्ट गर्नुहोस !