ढाकावाङ्ग भलिबल प्रतियोगिताकाे उपाधि पुरुष तर्फ हंसपुर र महिला तर्फ सन्धिखर्क प्रथम  

टेकराज भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताकाे उपाधि सन्धिखर्क नगरपालिका २ ले जितेको छ।

भूमिकास्थान-२ ढाकावाङ्ग देविकास्थान झाक्रिशाला टाेल विकास संस्थाले वडा स्तरीय खुल्ला पुरुष/महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो।

बुधबार भएको पुरुष तर्फकाे फाइनल खेलमा आयोजक देविकास्थान झाक्रिशाला टाेल विकास संस्थालाई ३-० साेझाे सेटमा पराजित गर्दै मालारानी गाउँपालिका ८ हंसपुरले उपाधि जितेको हो।

प्रतियोगितामा सहभागी पुरुष २४ टिम मध्य फाइनलमा हंसपुरसँग पराजित आयोजक देविकास्थान झाक्रिशाला टाेल विकास संस्थाले दाेस्राे स्थानमा चित्त बुझाएको छ भने भूमिकास्थान- ४ धारापानी तेस्रो भएको छ।

बुधबार नै भएको महिला तर्फकाे फाइनल खेलमा भूमिकास्थान-५ असुरकाेटलाई २-० साेझाे सेटमा पराजित गर्दै सन्धिखर्क २ ले उपाधि जितेको हो।

प्रतियोगितामा सहभागी महिला १० टिम मध्य फाइनलमा सन्धिखर्क २ सँग पराजित भूमिकास्थान-५ ले दाेस्राे स्थानमा चित्त बुझाएको छ भने आयोजक देविकास्थान झाक्रिशाला टाेल विकास संस्था तेस्रो भएको छ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम स्थान हासिल गरेको मालारानी-८ हंसपुरले नगद रु २५ हजार, द्वितीय भएको आयोजकले नगद रु १५ हजार र तृतीय भएको भूमिकास्थान-४ धारापानीले नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा महिला तर्फ प्रथम स्थान हासिल गरेको सन्धिखर्क-२ ले नगद रु ८ हजार, द्वितीय भएको भूमिकास्थान-५ असुरकाेटले नगद रु ५ हजार र तृतीय भएको आयोजकले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

भूमिकास्थान-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार वडा सदस्य नारायण खनाल, नगरस्तरीय युवा संजाल भूमिकास्थानका संयाेजक टेकराज भुसाल, विश्व मावि ढाकावाङ्गका शिक्षक जुमलाल खनाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले विजेता खेलाडी र टिमलाई सम्मान सहित पुरस्कृत गर्नुभएको हो।

प्रतियोगिता समापन कार्यक्रममा बाेल्दै वडाध्यक्ष बुद्धि बहादुर थापाले खेलकुदले समाज सुधारमा महत्त्वपूर्ण भूमिका निवाउने उल्लेख गर्दै खेल क्षेत्रकाे विकासमा सक्दाे सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close