छत्रदेव गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगीता शुरु

सन्धिखर्क।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रको लागि खेलकुद ,स्वास्थ्य लागि खेलकुद भन्ने नारालाई साथमा राखी खेलको आयोजना गरिएका गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको रातापोखरा खेल मैदानमा प्रतियोगिता सुरुभएको हो । प्रतियोगितामा ८ वटा वडाका ८ टिमको सहभागीता रहेको छ । खेलमा प्रथम हुनेलाई ५० हजार ,द्धितीय हुने टिमलाई ३० हजार ,तृतीय हुने टिमलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !