एसियन क्रिकेटमा आज नेपाल र माल्दिभ्स बिचको खेल हुँदै

काठमाडौं ।एसियन क्रिकेटमा आज नेपाल र माल्दिभ्स बिच खेल हुँदै छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि शुरु हुनेछ।यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।
यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्।
कमेन्ट गर्नुहोस !