अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी किमडाँडालाई

सन्धिखर्क ।अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं संस्करणको प्रतियोगितामा रोयल सन्धिखर्कलाई ५९ रनले पराजित गर्दै किमडाँडाले उपाधी जित्न सफल भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको किमडाँडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १सय२६ रन बनाएको थियो । १सय२७ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको रोयल सन्धिखर्कले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा माघ १गतेदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको प्रतियोगिता हिजो (शनिबार) सम्पन्न भएको हो । उपाधी उचालेसंगै सौजन्य समाज किमडाँडाले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टिम रोयल सन्धिखर्कले नगद ५० हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले बताउनुभयो।प्रतियोगितामा चार टिमको सहभागीता रहेको थियो। प्रतियोगिताको ए वान टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण समेत भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close