ईन्डियन प्रिमियर लिग आईपीएलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हरायो

काठमाण्डौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।
यो उसको लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग पराजित भएको थियो। आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे। भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ। छैटौं स्थानको मुम्बईको ८ अंक नै रहेको छ।
कमेन्ट गर्नुहोस !