सन्धिखर्क नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सदरमुकाम टुँडीखेल मैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो। प्रतियोगिता जितेर आउने विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गर्ने उहाँले घोषणा गर्नुभयो।


प्रतियोगितामा सहायक प्रमु्ख जिल्ला अधिकारी मेघनाथ पाध्या,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल,नगर प्रवक्ता मोतिजंग रायमाझि, सामाजिक बिकास समितिका संयोजक नारायण खड्का, शिक्षक नामलाल भाट,पत्रकार महासघ अर्घाखाँचीका कोषाध्यक्ष रुन्द्रमणि भुसाल, खेलकुद विकास समितिका अध्यक्ष बिष्णु क्षेत्रि,लगायतले मन्तव्य राख्नुभएको हो ।कार्यक्रम उपप्रमुख मिश्र आचार्यको अध्यक्षता,शिक्षा शाखा प्रमुख मन्जु आचार्यको संचालनमा उद्घाटन कार्यक्रम भएको हो ।प्रवक्ता

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close