विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई हरायो

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ ।दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।
भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो ।आज अस्ट्रेलिया र दक्षिण अफ्रिाकाबीच खेल हुनेछ ।
कमेन्ट गर्नुहोस !