के साँच्चै पत्रकार असक्षम नै हुन् त ?

गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
सामाजिक सन्जाल मार्फत आफ्नो ब्राण्ड स्थापना गर्न हो या कसैको गोठालो बनेर दिएको खुराक पस्किएको हो रु कि त मुलुकमा आएको आर्थिक मन्दिले व्यवसायी भए ब्यापार नभएर समय कटाउन अप्ठ्यारो परेर हो, कि कुनै जागिर वा पेशा गर्ने भए जिम्मेवारी बहन गर्ने ठाउँ थेतुलो भएर हो रु त्यो त सम्बन्धितलाई नै थाहा होला या मुल्याकंन भएको छ कहिंबाट भने तथ्य आउला हामीपनि जानौंला।।।। तर पछिल्लो केही समयदेखि यता पत्रकारको पिछा गर्ने, खेदो खन्ने त्योपनि सामाजिक सञ्जालमै, पत्रकार एवम् सञ्चारकर्मिले सामाजिक रुपमा दिएको सेवा वा योगदानलाई देखि नसहने १ लाग्छ यि र यस्ता ग्याङ्गलाई पत्रकार÷सञ्चारकर्मिलाई आरोप लगाएर दिनको एक दुइवटा सेयर नलेखे र सामाजिक सञ्जालमा नदेखाए उनिहरुलाई भोक र निद्रानै लाग्दैन अथवा खाएको पच्दैन अनि शारिरिक तथा मानसिक रुपमा डिप्रेशन अपज नै हुन्छ ।
के मैदानमा भएका पत्रकार असक्षम र झोले नै हुन् त रु
के मैदानमा भएका पत्रकारका कारण ति ग्याङ्गका सदस्यहरु बेरोजगार भएका छन् रु
के मैदानमा भएका पत्रकारले फिल्ड छोडेर जानुपर्ने हो रु
के अहिलेका पत्रकारले फिल्ड छाडेपछि समाज र राष्ट्रका सबै विकृतिहरु नाश हुनेहुन त रु
अँह १ त्यो हुँदै होइन यदि हो भने जो पत्रकार÷सञ्चारकर्मि जुन मिडियामा छन् तत् तत् क्षेत्रमा पदको बरियता र कामको जिम्मेवारि कसरी पाएका छन् रु पाएको जिम्मेवारि कुशलतापूर्वक पुरा नगरेको भए सम्बन्धित मिडिया मालिक वा संचालकले किन ति पत्रकार÷संचारकर्मिलाई कार्बाही गरेका छैनन् त रु
किन पत्रकार÷संचारकर्मिका बिरुद्ध प्रेस काउन्सिल वा अन्य नियामक निकायमा विधि संवत उजुरी परेको छैन त रु
हेक्का राखेर आत्म साक्षी राखेर पत्रकार आफैलाई सम्झिएर सोंच्नुस र भन्नुस त के पत्रकार÷संचारकर्मिको यो मैदानमा केही भुमिका वा योगदान नै छैन रु
नेपालका उपलब्ध हरेक परिवर्तन हात पार्न पत्रकार÷संचारकर्मिको योगदान कति एक पटक तथ्य अध्ययन गर्नुस्,।।।।।।।
पछिल्लो कोरोना महामारी, भु–कम्प, अन्य प्राकृतिक तथा कृतिम बिपद् तथा समस्यामा आ–आफ्नो मिडियामा पत्रकार÷संचारकर्मिले के–कति चुनौंति झेलेर रिर्पोटिङ्ग र फिल्डमा काम गरिहेका रहेछन् एकपटक इतिहाँस पढ्नुस र हेर्नुस,।।।
अनि नेपालका जतिपनि बाहिर आएपछि सरकार वा नियामक निकायले कार्बाहीको प्रक्रियामा लगेका भ्रष्टाचार होस वा अन्य सबैखाले विकृतिजन्य काण्डको सुचना बाहिर ल्याएर शु–सासन पक्षमा वकालत गर्ने काम कसले गरेको छ र गर्छ रु
तसर्थ पत्रकार कुनै अन्य मुलुकबाट शरणर्थि बनेर यहाँ शरण माग्न आएका होइनन्, जन्मदिने बा–आमाले लालन÷पालन गर्न नसकेर घरनिकाला गरेका पनि होइनन्, पढ्दै नपढि, जान्दै नजानी अन्य कर्मक्षेत्रमा खट्नै तथा गर्नै नसकेर जर्बजस्ती पत्रकारिता क्षेत्रमा आएका पनि होइनन् । नपत्याए परिक्षा लिनुस विधि विधानअनुसार।।।।उसको काममा चित्त नबुझेको ठाउँमा जवाफ माग्नुस्, उसले लेखेका समाचार वा कार्यक्रमको स्पष्टिकरण माग्नुस्, जिम्मेवारिका साथ जवाफ दिन तयार छ पत्रकार ।
काम गर्न मेलामा गएपछि मालिकले दिएको खाना पानी खाने र काम अनुसारको ज्याला लिने त एक भरियादेखि तपाईंले पनि त गर्नुहुन्छ नी होइन र
अनि कार्य क्षेत्रको कार्यालयले तोकेको पोशाकपनि त लगाएरै फिल्डमा जानुहुन्छ होइन र रु खेतमा रोपाइंमा जाँदा कोटपाइन्ट त पक्कै लाइदैन होला १ अनि पत्रकारले खाना खाएको, खाजा खाएको, ड्रेस लाएर फिल्डमा गएको देख्दा तपाईंलाई के को डाहा बोलेको हो रु
जसले समाजलाई सु–मार्गमा डा¥याउन अहोरात्र अथक ढङ्गबाट लम्किन खोजिरहेको छ तपाईं विकल्प विनै उसैको खुट्टा तान्न खोज्नुहुन्छ भने सोंच्नुस त हाम्रो समाज कता जाला
तपाईंले कहिले सोंच्नुभयो,अनि खोज्नुभयो १ यि फिल्डमा खटिएका पत्रकार÷संचारकर्मिको पारिवारिक र व्यक्तिगत जिवनयापन कस्तो होला र कसरी चलिरहेको होला रु २४ घण्टाको एकदिनमा १८ घण्टासम्म फिल्डमा काम गर्ने पत्रकार÷संचारकर्मिको तलब कति होला रु हरेक निकायमा, जहाँ रिर्पोटिङ्ग गर्नुपर्ने वा समाचार लेख्नु र भन्नुपर्ने हुन्छ त्यहाँ जाँदा लाग्ने खर्च कसले व्यवस्थापन गर्छ होला रु यो बारेमा पनि बुझ्नुस् र के लाग्छ लेख्नुस न है।।।।।।
अनि अर्घाखाँचीका पत्रकार÷संचारकर्मिको काम गराइ, हिडाइ, खुवाई र चालढाल तपाईंलाई मन नपरेको हो नि है रु
पत्रकार÷संचारकर्मिले आफ्नो डियुटि समयअवधिमा उसले आफ्नो जिम्मेवारि पुरा गर्दा पिडकलाई होइन पिडितलाई आघात पुग्नेगरि वा प्रचलित कानुनको हितमा काम भएको छैन भने यो कदम रोकिनुपर्छ १ त्यसको लागि खुब बिरोध गर्नुस,उजुरी हाल्नुस् कार्बाहीको दायरामा ल्याउनुस्,।।।। तर एक व्यक्तिको सबै कुरा कसैलाई पनि चित्त बुझ्दैन, अर्को कुरा निजि जिवन भन्ने कुरा सबैको हुन्छ । किनकी १ पत्रकार÷संचारकर्मि पनि मानव नै हो नि त हैन र रु
अर्घाखाँचीको समस्या के हो त रु
कुनैपनि काम गर्न पैसा भन्ने चिज अनिवार्य रहिछ १ मिडिया संचालन गर्नपनि पैसा अनिवार्य छ , किनकी त्यहाँ काम गर्ने पत्रकार÷संचारकर्मिको ज्याला दिनुपर्यो, कार्यालय संचालन गर्दा आवस्यक पर्ने खर्च व्यवस्थापन गर्नुपर्यो । यसको लागि मिडिया हाउसको स्रोत भनेको विज्ञापन÷कार्यक्रम हो ।
अर्घाखाँची सानो क्षेत्र किनकी यहाँ ठुला हैन सानापनि उल्लेख्य उद्योग छैनन्, ताकि ति उद्योगको सेवा बिस्तारको लागि हामीले विज्ञापन गर्न परोस्, किसानको अवस्था उस्तै दुःख र लगानी गर्यो व्यवसायिक सुनिश्चितता छैन, बिचौलियाको विगविगि त के कुरा गरौं । बजार उस्तैः एक घण्टा हिड्यो भने सदरमुकाम सन्धिखर्कको बजारका सबै गल्ली हिडेर सकिन्छ । कारोबार सुस्ताएको छ । रातारात सामान कुम्लो पारेर सटर बन्द गरि कोठामा थन्काएर त्रिभुवन बिमानस्थल जानुपर्ने अवस्था अहिलेका व्यवसायीको छ । त्यहि अवस्थाबाट गुज्रिएर भएपनि मिडियामा उहाँहरुले गरेको सयको गन्तिमा पर्ने लगानी मिडियाको लागि अर्बौ बराबरको छ । तर प्रयाप्त हुँदैन ।
केही अलिक स्थापित पसलहरु र संघ÷संस्थाहरु त छन् तर तिनका मालिकलाई सामाजिक उत्तरदायित्व अन्तरगत लगानी गर्नुपर्छ भन्ने सायद थाहा छैन होला, मिडियामा लगानी शुन्यजस्तै छ । राजनितिक दल उस्तै जब मिडियाको उपयोगको खाँचो पर्छ सबै आफ्नै होइचन कर भने जस्तो गर्छन् तर जब काम सकिन्छ त्यसपछि खोलो तर्यो लौरो बिर्सियो भने जस्तै हो १ र भएको छ । राज्यपक्ष र जनसेवकहरुको कुरा पनि गरौंः उनिहरुको हाइहाइ हुनेगरि बखान गरे धन्यावाद सहित अलिअलि भेटि पाइएला नभए त पुरै बहिस्कार पो भइन्छ कि डर छ । मिडिया सबैका हुन् भन्ने ब्यवहार कहिं कतैबाट पाइएको छैन १
अर्को मुख्य समस्याः
मिडिया संचालक समिति वा मालिकले चलाउनुपर्ने हो , पत्रकार÷संचारकर्मिले उक्त मिडियामा आफ्नो जिम्मेवारि अनुसारको काम गर्ने अनि काम अनुसारको वा भनौं नियुक्ति हुँदा सहमती भएबमोजिम ज्याला÷तलबभत्ता लिने हुनुपर्ने हो तर यहाँ अहिले भैरहेको के छ भने मिडिया जन्मिन्छन् । बच्चा जन्मिएपछि खानपान,स्यहार–सुसार गर्न खर्च र जिम्मेवारि थपिएजस्तै जन्मिएका मिडियालाई संचालन गर्नपनि खर्च व्यबहार थपिन्छ । जसको लागि मालिक वा संचालक योजनावद्धरुपमा खटिनुपर्छ । तर त्यसो भएको छैन , बजारमा देखिएको समस्या मैले माथि बताइसके।।।यो समस्या देखेपछि मिडिया मालिक वा संचालकले पनि अनौपचारिक रुपमा हात झिके जस्तै वा भनौं अभिभावकले बच्चा छाडेसरि मिडिया संचालनमा हुनुपर्ने जिम्मेवारिबाट बाहिर बसेका छन् । जसका कारण मिडियामा कर्मचारिको भुमिकामा रहेका पत्रकार÷संचारकर्मि आफै मालिक आफै मजदुर बनेर जिम्मेवारि बहन गर्नुपर्ने अहिलेको अवस्था हो र छ ।
यसले गर्दा राज्यपक्ष होस्, या राजनितिक तथा अन्य जुनसुकै पनि निकायमा भएका कानुन र सामाजिक हित बिपरितका कार्यको बिरोध र आलोचना सहित शुसासन कायम राख्न जति लेख्नु र भन्नुपर्ने समाचार÷कार्यक्रमको रिर्पोट बनाउन खटिने पत्रकार÷संचारकर्मिले निर्धक्कका साथ त्यस्ता बिषय त्यति बाहिर ल्याउन सकिराखेको छैनौं किनकी यो अवस्थामा त्यसरी फिल्डमा हिड्दा रिर्पोटिङ्ग गर्दा पत्रकार त भैइन्छ तर मिडिया मालिक भइदैन, मिडिया मालिक नभएपछि मिडिया चल्दैन मिडिया नचलेपछि मिडियाविनाको पत्रकार भएर के गर्ने रु त्यसैले अहिले मिडियाको आवस्यकता अनुसार फिल्डमा रिर्पोटर छैनन्, मिडिया भित्रैपनि प्रयाप्त कर्मि छैनन्, रत मिडिया तपाईंले खोजेजस्तो भइरहेका छैनन् ।
यि समस्या समाधान गरि मिडियालाई भरपर्दो सुचनाको माध्यम र पत्रकार÷संचारकर्मिलाई विस्वासीलो सुचनाकर्मि बनाउन र मान्न के गर्नुपर्छ त रु के सम्भव छ त रु
सम्भव छ १ त्यसको लागि यसो गर्नुपर्छः
सबैभन्दा पहिला मिडिया संचालनको दिगोपनाका निम्ती राज्यले स्पष्ट निति ल्याएर कार्यान्वयन गर्नुपर्छ । मालिक वा संचालकले मिडिया चलाउनुपर्छ, पत्रकार÷संचारकर्मिको जिम्मेवारि सम्बन्धित मिडिया मालिक वा संचालकले लिनुपर्छ, एक कामदारले आफ्नो जिम्मेवारि कुशलतापूर्वक पुरा गर्न आवस्यक पर्ने बातावरण र चाँजापाँजोको व्यवस्थापन संचालक वा मालिकले अनिवार्य गर्नुपर्छ । जतिपनि मिडिया छन् नि सबैको भुमिका जिल्लाको समृद्धिको निम्ती हो भन्ने बुझेर सोही अनुसार उपयोग गर्ने ध्यय सबैले राख्नुपर्छ । नियामक निकायले इतिहाँस र वर्तमानको समिक्षा गरि भविष्यका निम्ती समयानुकुल निति बनाएर मिडिया संचालन गर्ने बातावरण बनाइदिनुपर्छ । मिडिया संचालनको स्रोतको व्यवस्थापनको निम्ती हरेक निकायले स्पष्ट रुपमा निश्चित प्रतिशत बजेट छुट्टाएर बजेट अनुसारको कार्य जिम्मेवारि दिनुपर्छ र मिडियालाई विकासको एक अंगको रुपमा अगाडि बढाउनुपर्छ ।
त्यसैले अब यसो गरौं १
जसको क्षमता, जिम्मेवारि जे हो त्यसैअनुसार काम गरौं, आ–आफ्नो जिम्मेवारि कुशलतापूर्वक पुरा गरौं । एक दर्जन नै भएपनि आफ्ना छोराछोरी बा–आमालाई कहिले घाँडा हुँदैन, तपाईंहरुपनि मिडियाक्षेत्रमा आएर कर्मि बन्न चाहनुहुन्छ भने भोक जगाउनुस्, सक्षम बन्नुस्, र आत्मविस्वाँस अनि अठोटका साथ आउनुस्, हामी हातेमालो गर्न तयार छौं । तर मिथ्या आरोप र खेदो खनेर संजालमा नरुनुस्, बरु तपाईंहरुपनि एक असल नागरिकका हैसियतले मिडियाको सहि उपयोग गर्नुस्, मिडिया दिगो संचालनको निम्ती आवस्यक स्रोतको ग्यारेन्टि हुनेगरि लगानी सुनिश्चित गर्न राज्यपक्ष र अन्य निकायलाई सुझाव वा दबाब दिनुस्, शुसासन र दण्डहिनताको बिरुद्ध भएका सबैखाले गतिविधिको आ–आफ्नो क्षेत्रबाट सुचना दिनुस्, र हामीलाई भन्नुस ल समाचार अनि कार्यक्रम बनाउनुस्, यसो गर्दा लेख्नुपर्ने बिषयपनि समाचार बनेन भने, बन्नुपर्ने बिषयको पनि कार्यक्रम बनेन भने बल्ल आलोचना गर्नुहोला हैन भने त तातोपानीले घर डढ्दैन, भुक्ने कुकुरले टोक्दैन भन्दै हामी हामीबिचको दुरी टाढा बनाउने बाहेक अरु प्रगति हुँदैन । यसो गर्यौ भने हामीले खोजेको हाम्रो समाजको समृद्धि आउन ढिलोमात्रै हैन धेरै ढिलो हुन्छ ।
धन्यावाद ।
(लेखक प्रगतिशील पत्रकार संघका केन्द्रिय सचिव समेत हुनुहुन्छ )

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close