शान्ति माध्यमिक विद्यालयको भर्चुअल माध्यम बाट अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि भर्चुअल माध्यम बाट अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले विद्यालय भर्चुअल माध्यमबाट कक्षाहरु संचालन गरिरहेको र भर्चुअल माध्यमबाट नै अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गर्दा आफु पनी कार्यक्रममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताउनु भएको छ ।

यस्तै विद्यालयले कोरोना संक्रमणको जोखिम लाई मध्य नजर पठनपानका माध्यम बाट अनलाइन कक्षा संचालन गरेकोमा धन्यवाद दिदै विद्यालयलाई आवश्यक पर्ने सहयोगहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।मालारानी ५ का वडा अध्यक्ष सोभाकर भुसालले यही साउन १७ गते देखी कक्षा ११ र साउन ३१ देखी कक्षा १२ को परिक्षा संचालन हुने र स्वास्थ्य मापदण्ड पालना गर्दै परिक्षा गर्नु पर्ने भएकोले र विद्यालयलाई आवस्यक पर्ने स्वास्थ्य सामाग्रिहरु पनी उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले शैक्षिक स्तरको वृद्धि गर्न विद्यालयवाट मात्रै संभव नहुने भन्दै अभिभावकहरूको समेत सहयोग चाहिने स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा विद्यालयमा पठनपाठन बन्द भए पनी वैकल्पिक शिक्षण विधी अन्तरगत अनलाइन माध्यमबाट कक्षा ४ देखी कक्षा १२ सम्मका कक्षाहरु विद्यालयले सन्चालन गरिरहेको छ । उक्त अन्लाईन कक्षाबाट भइरहेको शैक्षिक गतिविधि तथा आगामी योजनाका सम्वन्धमा छलफल गर्न शिक्षक, विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी हरूका अभिभावक हरू, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ विच सो भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक माधब प्रसाद पन्थीको स्वागत मन्तव्य, शिक्षक बसन्त खड्काको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार तर्फका सब इन्जिनियर जय बहादुर रोकायले जानकारि दिनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close