अर्घाको मेलामा पार्किङ स्थान निर्धारण

सन्धिखर्क,असोज २१ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा भगवती मन्दिरमा आज हु्ने सराय नाच तथा मेलालाई व्यवस्थीत गर्न सवारी साधनहरुलाई पार्किङ गर्न ठाँउ तोकेको छ ।


जसअन्तर्गत मोटरसाइकल भगवती मा.वि.को प्राङगण,लाईट वा साना गाडी थेरबाङ चोक सम्म यात्रु लगी फर्कि एयरपोर्टमा पार्किङ गर्ने भनिएको छ ।यस्तै मसुरपाटा माथिल्ले रानी गैरा चोक सम्म यात्रु लिई फर्कि मसुरपाटा मैदानमा पार्किङ गर्ने,मसुरपाटा तल्लो रानी गैरा चोक सम्म यात्रु झारी मसुरपाटा पार्किङ गर्न ठाउँ तोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जि.सि.ले जानकारी दिनुभयो ।

बाटोमा एकतर्फ पसल राख्न आग्रह गरिएको छ भने ठुलो गाडी बस,मिनी बस भक्तीटोला बाट डाईभर्सन माथी जान निशेषध र हाईस गाडी एयरपोर्ट सम्म मात्र जान पाउने जनाएको छ । नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।यस्तै आज अर्घाको अर्घा भगवती मन्दिरमा सराय नाच, नाचे संगै फूलपाती विसर्जन गरी यस वर्षको सराय नाच समापन हुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close