वन कार्यालय अर्घाखाँचीको आयोजनामा टिम बिल्डिङ गोष्ठी संचालन,कार्यसम्पादनमा सहज हुने अपेक्षा

सन्धिखर्क ।डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा कार्यसम्पादनलाई सहज बनाउनको लागि कर्मचारीहरुको टिम बिल्डिङ गोष्ठी संचालन भएको छ । शुक्रबार देखि नरपानीमा संचालन भएको उक्त कार्यक्रममा जिल्लाभरमा काम गर्ने वनका कर्मचारीहरु सहभागीता रहेको छ ।


सार्वजनिक प्रशासन र व्यवस्थापन प्रणालीलाई कार्यसम्पादनमुखी, परिणाममुखी, जनउत्तरदायी बनाउनको लागि महत्वपुर्ण भुमिका हुने भएकाले गोष्ठी संचालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।यस्तै जिल्लामा ६वटा सव डिभिजन कार्यालय रहेका छन ।


यो गोष्ठीबाट सिकेका विषय बस्तु सेवा प्रवाहमा लगाउन लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्लेले सहभागीहरुलाई अनुरोध गर्नुभयो ।२ दिन सम्म चल्ने गोष्ठीमा मानव सेवा आश्रमका रामजी अधिकारीले लगायतले सहजीकरण गर्ने जनाएको छ ।कार्यक्रम बरिष्ठ वन अधिकृत गणेश थारुको स्वागत मन्तव्य सहायक डिभिजन वन अधिकृत केशव खड्काको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close