एमालेका वरिष्ठ नेता खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने बताईएको छ ।वरिष्ठ नेत झलनाथ खनाल र माधवकुमार नेपाल सहितका११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु गरिएको हो ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले भेलाको आयोजना गरेका हुन्।

उक्त भेलाप्रति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने आपत्ति जनाएको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)ले कुनै भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close