एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उहाँले जम्मा ७सय३५ मतका साथ पराजित भएका हुनुभएको हो । छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा उहाँ पराजित हुनुभएको हो ।
पराजयसँगै दसौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ निर्वाचित हुनुभएको हो। पदाधिकारी छान्ने जिम्मा पाएका केपी ओलीले घनश्याम भुसालबाहेकको नाम प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस !