सन्धिखर्कमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सन्धिखर्क ।नेपाली सेना श्रीफिल्ड अस्पताल रुपन्देही बुटवलल आयोजनामा अर्घाखाँचीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ईश्वरी बक्स गुल्ममा सन्धिखर्कमा भएको शिविरमा नेपाली सेनाका भुपु तथा आश्रीत परिवार, वहाल वाला कार्यरत अधिकृत , जवानहरु समेतलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको ईश्वरि बक्स गुल्मका गुल्मपति महेश्वर थापाले बताउनुभयो ।
शिविरमा २ सय जनाले सेवा लिएका छन । बिरामीहरुको रोग पहिचानको लागी जनरल ओ पि डि सेवा, परामर्श सहित औंषधि वितरण गरिएकोे ईश्वरि बक्स गुल्मका गुल्मपति थापाले बताउनुभयो ।
शिबिरमा अस्पतालका प्राबिधिक प्रमुख सेनानी डाक्टर रेश्मी श्रेष्ठ, क्याप्टेन डाक्टर जीवन पान्डे, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी लगायतको स्वास्थ्यकर्मीहरुको टोलीबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।
कमेन्ट गर्नुहोस !