अर्घाखाँचीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ६ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १३ जना,पाणिनी गाउँपालिकामा १३ जना र छत्रदेव गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २४ सय ३८ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर ७ जना डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ सय २६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा २सय ४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।
यस्तै गएको २४ घण्टामा जिल्लाको पाणिनी गाउँपालिकामा १ जनाको कोरोना संक्रमण बाट मृत्यु भए सँगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६४ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !