अर्घाखाँची ११ औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सागर महत असार २७,अर्घाखाँची ।अर्घाखाँची जिल्लालाई ११ औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पहाडी जिल्लाका अस्पतालमा चिकित्सक जान नखोज्दा त्यहाँका नागरिकलाई निकै समस्या हुँदै आएको बताउनुभएको छ ।विशेष गरि लुम्बिनी प्रदेशमा अधिकांश चिकित्सकले बुटवल जस्ता सहर रोज्दा बिरामीको सेवामा यसले प्रत्यक्ष असर पारेको बताउनुभएको छ ।

यता स्वास्थ्य क्षेत्रमा यो आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ८२ प्रतिशत वितिय प्रगति भएको मन्त्री सारुले बताउनुभयो । अर्घाखाँची जिल्लामा ६ महिना भित्रमा डायलासिस सेवा संचालन गर्नको लागि लुम्बिनी प्रदेश सरकारले ६६ लाख बजेट विनियोजन गरेको उहाँको भनाई छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाले जिल्लामा अब खोप सेवाबाट वञ्चित कोही पनि नहुने बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्य मन्त्रीको गृह जिल्ला भए पनि अहिले सम्म जिल्ला अस्पताल अर्घाखाँची सुविधा सम्पन्न भवन बन्न नसक्नु र दक्षजनशक्तीको अभावबाट अस्पताल संचालन गर्न निकै चुनौती रहेको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।


जिल्लामा १५ महिना भित्रका ६हजार ३सय२९ बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका ८ हजार १सय२८ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

५ वर्ष भन्दा मुनिका खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाएर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लामा १८१ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८४ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै आएको उहाँको भनाई छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल,सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, नेपाली कांग्रेसका लिला गौतम, नेकपा एमालेका सरोज भुसाल,नेकपा माओवादी केन्द्रका टोप बहादुर बलाल, नेकपा (एकीकृत समाजवादी) का राम बहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि प्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले यो अभियान प्रभावकारी भएको
र आगामी दिन पनि निरन्तरता दिने विषयमा जोड दिनुभएको हो ।कार्यक्रममा पत्रकार केशव पन्थी नगद सहित सम्मानीत हुनुभएको छ ।पुर्ण खोप सफल बनाउन संचार माध्यबाट पुर्‍याएको योग्दनानका आधारमा उहाँलाई सम्मान गरिएको हो ।

यस्तै स्वास्थ्य क्षेत्रमा पनि विभिन्न बिदामा सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक जिवनारायण कोईरालाको अध्यक्षता र बसन्त श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close