थप१हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् ।यस्तै बितेको २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close