आज महिलाहरू हरितालिका तीज पर्व मनाउँदै

काठमाण्डौं,भदौ १० ।आज हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।आज तीजको व्रत बस्ने गरिन्छ ।आज अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पोखेडाँडा,सन्धिखर्क नगरपालिकाको शान्ति बगौचा लगायतका क्षेत्रमा जमघट भै तीजका गीतमा नाच्ने परम्परा रहेको छ ।
शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन्। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।
यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका ‘हरित’ हरण र ‘आलिका’ ९साथी० शब्दबाट ‘हरितालिका’ शब्द बनेको मानिन्छ।
यो व्रत निराहार (कुनै खानेकुरा नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल) गरेर बस्न सकिन्छ। ‘दर खाएपछि ।
कमेन्ट गर्नुहोस !