अर्घाखाँचीमा पहिरोमा परेर श्रीमान र श्रीमतीको मुत्यु

सागर महत,असार ३१अर्घाखाँची ।
अर्घाखाँचीमा पहिरोमा परेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १० का गोबिन्द बुढामगर र निजकै श्रीमती श्यामकला बुढामगरको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

आज बिहान ९बजे तुसारेपानीको आफ्नै खर्यानमा घाँस काट्न तथा चिउरी टिप्न भनी गएकोमा अबरे सम्म घरमा नआएपछि प्रहरीलाई खबर गरिएको थियो।
खबर प्राप्त गर्न साथ प्रहरी चौकी धनचौरका प्रहरी हवलदार नर बहादुर कार्की कमाण्डमा ४ जनाको  टोली र स्थानीयहरु सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा  पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँची का प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

शवलाई पोष्टमाटमको लागी जिल्ला अस्पताल अर्घाखाँची लिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close