भुमिकास्थान नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आजबाट नगरस्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । रनिङशिल्ड प्रतियोगिता नगरपालिकाको वडा नम्बर ८ रातापोखरामा सुरु भएको हो । कार्यक्रमको नगरप्रमुख झबिलाल थापाले उदघाट्न गर्नु भएको थियो । उदघाट्न कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले खेल क्षेत्रको विकासको लागि पालिकाले आवश्यकताका अनुसार बजेट विनियोजन गदैं आएको बताउनुभयो ।विद्यालय स्तरबाट खेलाडी उत्पादन हुने भएकाले पालिकाले पनि सोहि अनुसारको योजना बनाइ अगाडी बढ्ने बताउनुभयो ।
१३ वटा बिधालयको सहभागीता रहेको प्रतियोगितामा खेलका विभिन्न बिधाहरुमा ३ दिन सम्म खेलाईने भएको छ ।कार्यक्रममा पुर्ब नगरप्रमुख रेशम थापा ,खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रेम आले ,प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले सुभकामना मन्तव्य राखेको कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता,शिक्षा तथा खेलकुद शाखा प्रमुख तुबलाल सापकोटाको स्वागत र शेसकान्त घिमिरे ओशनको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !