लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन शहरी बिकास तथा खानेपानी मन्त्री राणाद्वारा दुख ब्यक्त

सुर्य प्रसाद भुसाल, भदौ १५ अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकार का शहरी बिकाश तथा खानेपानी मन्त्री नेपाली कांग्रेसका युवानेता रोज राणाले प्रदेश सभा सदस्य सरिता पुन मगरको अल्पायुमै भएको असमायीक अकल्पनीय निधन प्रति दुख व्यक्त गरेका छन्।

मन्त्री राणाले पुनको निधनले लुम्बिनी प्रदेश सरकार मात्र नभइ सिङ्गो समाज र राजनीतिक बृत्तमा अपुरणीय क्षती पुगेको उल्लेख गर्दै शोकको यस दुखद् घडिमा स्व। पुन प्रति भावपूर्ण श्रद्वासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेको राणाको सचिवालय ले जनाएको छ । उनी समानुपातिक निर्वाचन प्रणाली मार्फत रुकुम पुर्बबाट प्रदेश सभा सदस्यमा निर्वाचित सासद थिईन । बुवा सतमान पुनमगर र आमा बिनी पुन मगरको कोखबाट पुथा उत्तरगङ्गा गाउँपालिका(१० तकसेरा बाछी गाउँमा २०४९ चैत १३ गते जन्मेकी पुनको शनिवार ३३ बर्षको उमेर निधन भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close