जन्मदिन श्रेष्ठले शैक्षिक सामग्री प्रदान गरेर मनाए

सन्धिखर्क,भदौ १६।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ निवासी रञ्जित श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै निर्मल नवज्योति सुस्त मन:स्थिति विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै स्वादिष्ट खाना समेत खुवाउनुभएको छ।
उक्त कार्यक्रममा उहाँले छात्रछात्राहरूलाई आवश्यक पर्ने कलम, कपी, लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको हो। जन्म दिनको अवसरमा फजुल खर्च नगरी यस्तो कार्य गरेको बताउनुभयो। श्रेष्ठले यस्तो सहयोग आगामी दिनहरूमा पनि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्राध्यापक कमला भुसालले बिद्यार्थी संख्या २४रहेको बताउनुभयो ।जन्म दिनको अवसरमा बिधालयमा शैक्षिक सामाग्री र खाना खुवाएकोमा धन्यवाद दिनुभयो।
फरक क्षमता भएका बिद्यार्थीले पढ्ने भवनमा अहिले पुरानो संरचनाको भवनबाट नयाँ भवनमा सरेका छौं यहाँ फनिचर लगायतका सामाग्रीको अभाव रहेको बतानुभयो।कार्यक्रममा विनिसा श्रेष्ठ ,शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस !