अर्घाखाँचीमा ज्यान मार्ने उद्योगमा फरार रहेका प्रतिवादी ६ वर्षपछि पक्राउ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा ज्यान मार्ने उद्योगमा ३ वर्ष १० महिना कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का ३९ वर्षका तुल बहादुर बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
२०७३ साल वैशाख ०७ गते घरमा आगो लगाइ फरार भएका बन्जाडे ६ वर्ष देखि चितवनमा लुकिछिपी बसेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली सोही ठाउँमा पुगी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तान गर्नको लागि कारागार चलान गरेको छ ।
कमेन्ट गर्नुहोस !