अर्घाखाँचीमा अक्सिजन पलान्ट निर्माण गर्न पालिकाले ६० लाख उठाउने सहमति

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ । कोरोना रोकथामको लागि अक्सिजनको अभावमा कसैको मृत्यु नहोस भन्ने उदेश्यका साथ अक्सिजन पलान्ट निर्माण गर्न लागेको बताईएको छ ।
जिल्लाका ६ वटा स्थानीय तह मध्ये तिन नगरपालिका तिन गाउँपालिकाले प्रत्येक पालिकाले १०/१० लाख उठाउने सहमति भएको अक्सिजन पलान्ट निर्माणको लागि सम्पुर्ण पालिकाको प्रतिनिधी गरि संयोजक बन्नु भएका सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वटा पालिका बाट ६० लाख रकम संकलन हुने छ । सोहि रकम बाट काम पनि तत्काल सुरु गर्ने भुसालले बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु प्रसाशान सुरक्षा निकायका साथै छलफलमा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ३ वटा अक्सिजन पलान्ट निर्माणको लागि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको संयोजकमा ७ सदस्य समिति पनि गठन गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close