समस्याको पहिँचान गरि समधानमा लाग्नेःनव आगन्तुक अर्घाखाँचीका प्रजिय खरेलको भनाइ

सन्धिखर्क ।नव आगन्तुक अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले प्रशासनबाट हुने सेवा प्रभाहमा कुनै प्रकारको कमजोरी नहुने बताउनुभएको छ ।पहिलो चरणमा यहाँको समस्याको पहिँचान गर्न सबै निकाय संग समन्वय गरी काम गर्ने बताउनुभएको छ । बिहिबार पत्रकारसंगको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको छ ।शान्तीसुरक्षा र सुशासनलाई व्यवस्थीत बनाउनको लागि पनि सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
पत्रकार र प्रशासन बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै खरेलले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्ने विषयमा खरेलले जोड दिनुभयो ।पत्रकारहरुले अर्घाखाँचीको भाडा दरमा हेरफेर गर्न आग्रह गरेका छन ।भाडादरमा एकरुपता नभएको भन्दै यस विषयमा ठोस निर्णय ल्याउन समेत आग्रह गरेका छन ।प्रशासनबाट हुने हरेक निर्णयको प्रतिलिपी राखेमा आगामी दिनमा आउने प्रमुख जिल्ला अधिकारीलाई त्यही खाकामा काम गर्न सहज हुने सुझाव पनि दिएका थिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक चक्र बहादुर मल्लले जिल्लामा गत वर्ष भन्दा यस वर्ष डढेलो कम लागेको बताउनुभयो ।उहाँले चैत्र महिनामा विपदका ४३ वटा घटना भएको समेत प्रमुख जिल्ला अधिकारी खरेललाई जानकारी गराउनुभएको थियो ।
कमेन्ट गर्नुहोस !