गुल्मी अस्पतालको लाहापरवाहीले अर्घाखाँचीकी एक बालिकाको मृत्यु

गुल्मी ।गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए।
घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट ३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए । आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताए । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।यो खबर गुल्मी टुडेमा पत्रकार हुमाकान्त पोखरेलले लेखेका छन ।
कमेन्ट गर्नुहोस !