एसईई परिक्षाको नतिजामा सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल

सन्धिखर्क ।शैक्षिक शत्र २०८१ मा भएको एसईईको परिक्षाको नतिजामा अर्घाखाँचीमा सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ जिल्लामै सर्वोत्कृष्ट भएको छ भने सामुदायिक स्कुलतर्फ युवाबर्ष जनता रविचित्र मावि जिल्ला प्रथम भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ मा ४२ जना विद्यार्थी सहभागी रहेकोमा शत प्रतिशत पास हुन सफल भएको सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिनुभयो ।बिक्रम सारु मगरले ४ जिपिए ल्याउन सफल भएका छन। यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको युवाबर्ष जनता रविचित्र माविले ८० जना परिक्षार्थी सहभागी गराएकोमा ७९ जनालाई उत्तीर्ण भएका छन।

अर्घाखाँचीबाट २ हजार ६ सय ४ जना सहभागी भएका कुल परिक्षार्थी मध्ये १ हजार ६ सय १९ जना विद्यार्थी उत्तीर्ण भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close