अर्घाखाँचीमा एसईई परिक्षाको तयारी पुरा

सन्धिखर्क ।अर्घाखाँचीमा एसईई परिक्षाको तयारी पुरा भएको छ। यस वर्षको एसईई परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला परिक्षा समन्वय समिति अर्घाखाँचीले जनाएको छ ।चैत्र १७ गते अर्थात भोलिबाट शुरु हुने जाँचमा जिल्लाभर १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

१७ वटा परिक्षा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, ६४ जना निरिक्षक, ३३ जना सहायक कर्मचारी र ६७ जना कार्यालय सहयोगी खटाइएको जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीले जनाएको छ ।
परिक्षामा नियमित तर्फ छात्रा १ हजार ५सय९४, छात्र १ हजार ५सय९२ गरि ३ हजार १८६ विद्यार्थी सहभागी हुने छन् । ग्रेडवृद्धि तर्फ छात्रा ५४ र छात्र ३५ गरि ८९ विद्यार्थी सहभागी हुने छन् । दुबै तर्फ गरि कुल ३ हजार २७५ विद्यार्थीले जाँच दिंदै छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close