अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या १८ पुग्यो

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये भुमिकास्थान नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १ जना,भुमिकास्थान नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ३ जना कोरोना मुक्त भएका छन ।

यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ३ सय ७९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय संक्रमितको संख्या १८ रहेको छ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ६ जना,भुमिकास्थान नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ३ जना र पाणिनी गाउँपालिकामा ४ जना गरि १८ जना सक्रिय संक्रमित हाल उपचाररत रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ९० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close