विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं । विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ ।

फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर ९५ सय बिलियन० घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

फोर्ब्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ ।

अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ । आजको राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close