पाणिनी १ मा कांग्रेसका वडा अध्यक्ष सहित प्यानल विजय

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा कांग्रेसले वडा अध्यक्ष पदमा जितेर सुरुवाती जित निकालेको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनामा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार कमल पोख्रेल सहित प्यानल नै विजयी भएको हो ।वडा अध्यक्ष पदमा निर्वार्चित पोख्रेलले ८ सय१३ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६सय ५९ मत ल्याउँनुभएको छ । सदस्यहरुमा कांग्रेस महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा , खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !