अर्घाखाँची सम्पर्क समिति युएईद्वारा सन्धिखर्कमा निर्माण गरिएको विश्राम स्थल हस्तान्तरण

सागर महत,असोज २३सन्धिखर्क।
अर्घाखाँची सम्पर्क समिति युएईले सन्धिखर्क नगरपालिकालाई २ वटा विश्रामस्थल हस्तान्तरण गरेको छ ।अर्घाखाँचीमा जन्म भै रोजगारीको शिलशिलामा युएई पुगेकाहरुबाट संकलीत आर्थिक रकमबाट बनेको विश्राम स्थल नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।सोहि कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै ।रोजगारीको लागि विदेशी भुमिमा रहेर पनि यहाँका सामाजिक काममा आगामी दिनमा पनि सहकार्य गर्न सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आग्रह गर्नुभयो ।यस्तै उहाँले नगरपालिका पर्यटकीय क्षेत्रमा पनि नगरपालिका सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभएको हो ।
यस्तै भुमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाले आफ्नो पारिवारीक खर्च कटाएर सामाजीक काममा लगानी गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।२ वटा विश्राम स्थल निर्माण,यस्तै जेन्जी आन्दोलनको क्रममा काठमाण्डौंमा मृत्यु भएका भुमिकास्थान नगरपालिका ४ फलामखिल्लि का माधव सारुको परिवारलाई १लाख ३० हजार १सय ३१ रुपँया समेत उहाँकोे परिवारलाई हस्तान्तरण गरिएको अर्घाखाँची सम्पर्क समिति युएईका महासचिव अमित पाण्डेले जानकारी दिनुभयो ।संस्थाका उपाध्यक्ष ओम केसीले जिल्लाका सबै क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष माधव श्रेष्ठले जिल्लाको सरकारी कार्यालयको प्रमुख गन्तय स्थानमा विश्राम स्थल निर्माण गरेकाले यसले आम नागरिकलाई सहज हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले साइबर अपराध सम्बन्धी मुद्वा जुनसुकै ठाउँमा भएपनि गल्ती भएको समयमा छुटकरा नपाइने बताउनुभएको हो ।
अर्घाखाँची समाज युएईका पुर्व अध्यक्ष राजु खड्काले अस्पतालदेखि आर्थिक अभावमा अपचार गर्न नसक्नेलाई पनि संसथाले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।यस्तै आफुले निजि लगानीमा निर्माण गरिएका २ वटा बेन्च समेत नगरपालिकालाई हस्तान्तरण गरिएको उहाँको भनाई छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरिप्रसाद भुसाल,पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष गणेश खनाल, अर्घाखाँची सम्पर्क समिति युएईका पुर्व सहसचिव रामु गैरे लगायतले पनि शुभकामना दिर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर दिने विषयमा जोड दिनुभएको हो ।
कमेन्ट गर्नुहोस !