गुल्मीमा चौथो महोत्सव हुँदै

गुल्मी ।गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चौथो गुल्मी महोत्सव हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ गुल्मीले आगामी चैत २५ गते देखी बैशाख ४ गते सम्म सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने जानकारी गराएको हो ।
“गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’’ भन्ने नाराका साथ चिदीचौर खेलमैदानमा महोत्सव सञ्चालन गर्न लागिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !