अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा केहि वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको छ। नगरपालिकाले जग्गाको वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी दस्तावेज भु–उपयोग ऐन २०७६ को दफा ४ र नियमावली २०७९ को नियम ५ अनुसूची १ मा भएको व्यवस्थाका आधारमा नगरपालिकाले विभिन्न चरण पार गरी पालिका भित्रको जग्गा वर्गीकरण गरेपछि सन्धिखर्क नगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।

जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक लगायतका क्षेत्रमा वगिकरण गरिएको नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

जग्गाको वर्गीकरणसँगै अब गैरकृषि क्षेत्रमा चार आना र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइने छ । सन्धिखर्क नगरपालिकाले पठाएको जग्गा वर्गीकरणका आधारमा जग्गाको कित्ताकाट सुरु भएको जिल्ला मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close