नागरिकलाई हरेक कोणबाट सवल र सक्षम बनाउनु आजको आवश्यकताः डा.कोईराला

बिराटनगर,जेठ १५। नेपाली काँग्रेसका वरिष्ठ नेता डा।शेखर कोईरालाले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ।
प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता कोईरालाले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं गणतन्त्रको शासकीय स्वरुपसहितको लोकतान्त्रिक प्रणालीको सहि अभ्यासका आधारमा नागरिकलाई हरेक कोणबाट सवल र सक्षम बनाउन सबै ईमान्दारिता भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
पछिल्लो समय नागरिकमा देखिएको व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै आपसि विश्वास र समानताको अनुभुति गर्न सक्ने समाज निर्माणको पथमा हिड्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस !