शितगंगामा सरसफाई अभियान संचालन,समुदायमा सफल पार्न अपिल

सागर महत,भदौ१५अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले समुदायमा आधारित सरसफाई अभियान संचालन गर्ने भएको छ ।अभियान अन्तर्गत घर आँगन,सडक सफाई टोली गठन,साप्ताहिक सामुहिक सरसफाई दिवस,विद्यालय समुदायमा सहभागीता,धार्मिक तथा सार्वजनिक स्थल ,सडक किनारा ,सार्वजनिक चोक,सार्वजनिक सचेतना र जागरण कार्यक्रम रहेको छ।
यस्तै बालबालिका सचेतना जागरण कार्यक्रम,बालबालिका र युवा सहभागीता,प्रतियोगिता समुदायमा आधारित अभियान सफल पार्न अपिल अनुगमन र मूल्याङ्कन र प्रोत्साहन सरसफाई अभियानको कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो। भदौ ८ गतेदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिने हो ।
प्रत्येक महिनाको १र १५ गते यो अभियान अबदेखि चल्ने छ ।यो अभियान हेर्दा सामान्य लाग्छ । तर यसमा निकै ठूलो नैतिक बल लुकेको छ । यसले स्थानीय सरकारका सयौ कामहरुलाई जोड्ने, एकिकृत गराउने, नागरिक समाजलाई लयबद्व गरी समग्र स्थानीय तहको विकासमा अगाडि बढाउने, परिचालन गर्ने काममा सहयोगी भूमिका निर्वाह गर्ने छ । सरसफाई र हरियाली प्रवर्धनलाई जीवनपद्वतिको रुपमा विकास गर्ने मन्त्र पनि रहेको सापकोटाको भनाई छ।
समुदायमा आधारित सरसफाई अभियान वडा कार्यालय सबै,नेपाल सरकार तथा प्रदेश सरकारका कार्यालय सबै,विद्यालयहरु,स्वास्थ्य संस्थाहरु,उद्योग वाणिज्य संघ शितगंगा,सामुदायक वन,सहकारी संस्था,सहकारी संघ संस्था,संचारक्रमी र सरोकारवाला सबैमा यो अभियान सफल पार्न प्रमुख प्रशासकिय अधिकृत सापकोटाले आग्रह गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !