अर्घाखाँचीमा ३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा २ जना र भुमिकास्थान नगरपालिकामा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १६ जना कोरोना मुक्त भएका छन ।

सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि १६ जनामा कोरोना संक्रमण मुक्त भएका छन , योसंगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार १३ पुगेको छ । अब सक्रिय कोरोना संक्रमित हुनेको संख्या ६६ रहेको छ । सन्धिखर्क नगरपालिकामा २९ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २२ जना,पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ६६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट जिल्लाभर बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close