अर्घाखाँचीमा जन्मदिनको अवसरमा१लाख ५० हजार विद्यालयलाई प्रदान

अर्घाखाँची, भदौं १४ ।जन्मदिनको अबसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर १ निवासी प्रकाश पाण्डेले १ लाख ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीलाई आफ्ना वुवा आमा मार्फत चेक प्रदान गर्नुभएको हो ।हाल अध्ययनको क्रममा संयुक्त राज्य अमेरिकामा रहनु भएका इन्जिनीयर पाण्डे सोहि विद्यालयमा ६ देखि १० सम्मको अध्ययन गर्नुभएको थियो ।उहाँका बुबा डिलाराम पाण्डे र आमा गंगादेवी पाण्डे सन्धिखर्कका सामाजिक व्यक्तित्व हुनुहुन्छ ।
छोराले जन्म दिनमा फजुल खर्च नगरी शैक्षिक सुधारमा केहि भएपनि टेवा पुगोस भनेर उक्त रकम प्रदान गरेको बताएको छ ।
भगवती माध्यमिक बिद्यालय कुर ,शंखेटारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता , सन्धिखर्क नगर पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझीको प्रमुख अतिथ्यता र शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु ढुङ्गाना,विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्री लगायतले मन्तव्य राख्दै पाण्डे परिवारले विद्यालयको चौतर्फी बिकासमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
कमेन्ट गर्नुहोस !