आगामी निर्वाचनमा कुनै दल संग गठबन्धन हुदैनःउपसभापति अर्याल

सन्धिखर्क।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय उपसभापति तथा प्रतिनिधि सभाका सांसद डोलप्रसाद अर्यालले आम नागरिकका हरेक मुद्वाका विषयमा उठान गर्न कुनै प्रकारको कन्जुशाही नगर्ने बताउनुभएको छ ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै सरकार संचालनको लागि दलहरु संग सहकार्य गरे पनि अब आउने निर्वाचनमा कुनै पाटी संग गठबन्धन नगर्ने  उपसभापति अर्यालले दाबी गर्नुभएको हो ।मिटरब्याज विरुद्धको विधेयक संसदमा रहेको भन्दै विधेयक पारित गर्ने पक्षमा आफुहरुको पाटी रहेको उहाँको भनाइ छ ।
देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासको जग बसाल्न रास्वपाको आवश्यकता रहेको उहाँको भनाइ छ ।पुराना दलहरू पुरानै शैलीमा हिंडिरहेको भन्दै उनले रास्वपा नयाँ ढंगले अगाडी बढ्नेमा दृढ रहेको समेत बताउनुभयो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close