पिछडिएको वर्ग अझैं पनि न्याय र पहुँचबाट बाहिर रहेको छःनगरप्रमुख श्रेष्ठ

सागर महत,भदौ १८अर्घाखाँची ।
अझै पनि दलित समुदाय र पिछडिएको वर्गले न्याय र पहुँचबाट ग्रामीण क्षेत्रमा बाहिर रहेको अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभएको छ ।सन्धिखर्कमा साहस नेपालले राखेको सरोकारवालाहरुसंग छलफल चौतारी कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।यस्तै सामाजिक सशक्तिकरणको माध्यमद्धारा आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सुधार ल्याउन समुदायस्तमा कार्यक्रम संचालन गर्न जरुरी रहेको भनाई छ।

गाउँगाउँमा सरकार पुगेपनि विशेष गरि दलित समुदाय र पिछडिएको वर्गको अधिकारको विषयमा धेरै आवाज दबिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो।सशक्तिकरण कार्यक्रम समुदायस्तरमा परिणाममुखी गरि संचालन गर्न समेत उहाँले आग्रह गर्नुभएको हो ।

साहस नेपालको आयोजना र दलित चेतना विकास केन्द्र अर्घाखाँचीको समन्वयमा अर्घाखाँचीका २ पालिकामा दलितसमुदायमा सशक्तिकरण कार्यक्रम गर्न लागिएका छ ।ती मध्ये सन्धिखर्क नगरपालिका २ र १० नम्बर वडा र भुमिकास्थान नगरपालिकाको वडा नम्बर ३र ४ मा कार्यक्रम संचालन गर्न लागेको अर्घाखाँची कार्यक्रम संयोजक राधा नेपालीले जानकारी दिनुभयो ।


कार्यक्रमा सन्धिखर्क २ र १० का वडा अध्यक्ष क्रमश मोतीजंग रायमाझी,मोहन सिङ ठकुरी यस्तै शिक्षक सोभाखर पन्थी, अधिवक्ता केवी भुसाल,समाजसेवी राचन्द्र ढुङ्गानाले हकअधिकारको विषयमा सबै समुदाय एकजुट हुनु पर्ने विषयमा जोड दिनुभएको थियो ।कार्यक्रम दलित चेतना विकास केन्द्र अर्घाखाँचीकी कार्यवाहक अध्यक्ष राधा नेपालीको अध्यक्षता र सागर परियारको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close