सद्भावपूर्ण होली मनाउन अर्घाखाँची प्रहरीको अपिल, कानून उल्लङ्घन गरे कारबाही

सुर्य प्रसाद भुसाल ,सन्धिखर्क ।
अर्घाखाँची प्रहरीले फागुन २९ गते अर्थात आजको दिन परेको पहाडी क्षेत्रको रङ्गहरूको पर्व होली पर्व लाई सभ्य, भब्य शान्त अनुशासित मर्यादित बनाउन र जबरजस्ती कहि कसैलाई पनि रङ्ग, अबिर नदल्न आग्रह गरेको छ ।बाटोमा हिड्ने तर रङ्ग लगाउन नचाहने, युवा युवती देखि केटाकेटी बिधार्थि तथा बटुवा हरुलाई दुःख र सास्ती हुने किसिमले कुनै पनि रङ्ग अबीर नलगाउन आग्रह गर्दै सुचना जारि गरेको सबैलाई सचेत गराएको ले अटेर गरेको पाइए तत्काल नेपाल को सम्बिधान अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यलय अर्घाखाँची का प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
अर्घाखाँची प्रहरी जिल्ला प्रशासन कार्यलय ले सूचना जारी गर्दै सबै हिन्दु नेपाली हरुको उत्साहजनक मनाईने रङ्गेउलि पर्व होली पर्वलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आग्रह गरिएको डिएसपी मल्लले बताए ।जबरजस्ती लोला हान्ने, रङ्ग र फोहर पानी छ्याप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने मापसे गरि गाडि चलाउने वा कुनै पनि उश्रिङ खल गतिविधि वा कानुनले बन्देज गरेका गतिविधि क्रियाकलाप नगर्न सबै ठाउमा प्रहरीले अपिल गरेको मल्लको भनाइ छ ।
\अश्लील र ठुलो आवाजमा डिजे नबजाउन र सडकहरु महत्त्वपूर्ण स्थान हरु समेत मा अवरोध हुने गरी होली नखेल्न अर्घाखाँची प्रहरी र प्रसाशन ले सूचना जारी गरेको छ । कानुन विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सभ्य मर्यादीतरुपमा होली खेलेर शान्ति सुरक्षा कायम गर्न अर्घाखाँची बासि लाई अपिल गरेका छन् ।
उता होलीमा हुन सक्ने सम्भावित घटना रोक्न र शान्ति सुरक्षाका लागि अर्घाखाँची प्रहरिले होली विशेष सुरक्षा रणनीति लागु गरेको छ । होलीका दिन जिल्ला भर व्यापक रुपमा शादा पोशाक तथा अन्य प्रहरी परिचालन दिनभर गरिने छ । होलीका दिन ट्राफिक सहित सयौं प्रहरी परिचालन गरिने छ ।
कमेन्ट गर्नुहोस !