अर्घाखाँची चिनाउने ‘पर्यटन र विकास’ पुस्तक सन्धिखर्कमा विमोचन

सागर महत /अर्घाखाँची ।
पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले अर्घाखाँचीमा ‘पर्यटन र विकास’ नामक पुस्तक विमोचन गरिएको छ ।जिल्लाका ६ वटै पालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको पुस्तकको अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले विमोचन गर्नुभयो ।
पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
हालसम्म जिल्लाको मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरमा हजारौं पर्यटक आउने गरेका छन् भने अन्य क्षेत्रमा खासै पर्यटक देखिँदैनन् ।आम्दानीको श्रोत प्राप्त गर्न हरेक पालिकालाई यस्ता गतिविधि गर्नुपर्ने शर्माको भनाइ छ ।पुस्तकको लेखन तथा प्रकाशन पत्रकार वीरेन्द्र केसीले गर्नुभएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,शितगंगा नगरपालिका उपप्रमुख गिता भाट ,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपान,नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल,,सन्धिखर्क नगरपालिकाका निवर्तमान नगरप्रमुख कमलप्रसाद भुसाल,उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ ,पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मन्तव्य राख्दै जिल्ला लाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने पुस्तक प्रकाशन गरिएकाले पर्यटकको आगमनमा टेवा पुग्नुको साथै स्थानीय तहले पनि आउदो बजेटमा पर्यटक क्षेत्रमा बजेट छुट्टाएर काम गर्ने तथा पर्यटकीय क्षेत्रको विकासमा सबै संग सहकार्य गरेर काम गर्न तयार रहेको समेत बताएका थिए ।
कार्यक्रम जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालको प्रमुख आतिथ्यता ,पुस्तक लेखक तथा पत्रकार वीरेन्द्र केसिको अध्यक्षता, पत्रकार नविन केसीको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य,मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोखरेल,छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी,जिल्ला समन्वयका उपप्रमुख ऋषी बहादुर पुलामी, नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामबहादुर चौहान,नेपाली कांग्रेसका उपसभापति विष्णु भुसाल,बाबुराम पौडेल,एमालको नेता प्रेमनारायण गैरे, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !