आईपीएल क्रिकेटमा चेन्नईलाई ३ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको छ । गएराति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि टस हारेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रन बनाएको थियो। राजस्थानका जस बटलरले ५२ रन बनाउँदा देवदत्त पडिकलले ३८ रन र रविचन्द्र आस्विन र सिमरन हेटमायरले समान ३० रन बनाए।

​चेन्नाईका आकाश सिंह, रवीन्द्र जडेजा र तुसार देशपान्डेले समान दुई विकेट लिए। चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो । चेन्नई ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close